Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रभु इन्स्योरेन्सले हकप्रद शेयरको लागि बुक क्लोज गर्ने

प्रभु इन्स्योरेन्सले हकप्रद शेयरको लागि बुक क्लोज गर्ने

काठमाडौं, ३ जेठ । प्रभु इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनीले जेठ १४ गते शेयर दर्ता किताब बन्द गर्ने जनाएको छ । कम्पनीले १ बराबर ०.४६ कित्ता अर्थात ४६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ३१ करोड ६६ लाख ६७ हजार ७६३ रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले प्रभु क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले जारी गर्ने उक्त शेयर सुरक्षित गर्न शेयर लगानीकर्ताहरुले जेठ १३ गतेसम्ममा कम्पनीको शेयर खरिद गरिसक्नु पर्नेछ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद शेयर पछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ नाघ्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x