Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भिजिट भिसामा रोजगारीका लागि विदेश नजानु – गृहमन्त्रालय

भिजिट भिसामा रोजगारीका लागि विदेश नजानु – गृहमन्त्रालय

काठमाडौं, १२ साउन । गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले भ्रमण भिसाको प्रयोग पर्यटकको रुपमा मात्र गर्न अनुरोध गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।

पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायत विभिन्न कठिनाइ भोगिरहेका समाचार, गुनासा तथा सूचनाहरु आइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभएको बताउनुभएको छ ।

प्रवक्ता पोखरेलले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘‘भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकाले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ ।’’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x