Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एक वर्षमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिए

एक वर्षमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिए

काठमाडाैं, १२ साउन । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्त:शुल्कमा छुट दिएपछि एक वर्षमा नेपालमा झन्डै दुई हजार विद्युतीय गाडी भित्रिएका छन्।

भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८-७९ को तथ्यांकअनुसार एक वर्षमा एक हजार ८०७ वटा विद्युतीय चारपाङ्ग्रे सवारीसाधन नेपाल भित्रिएका हुन्।

अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा २६१ मात्रै विद्युतीय चारपाङ्ग्रे सवारी आयात भएकामा गत आर्थिक वर्ष उल्लेख्यमात्रामा वृद्धि भएको छ।

अघिल्लोे आर्थिक वर्षसम्म न्यूनमात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् भन्सार र अन्त:शुल्कमा छुट दिएको थियो। सरकारले बजेटमार्फत् नै भन्सार तथा अन्तशुल्कमा छुट दिएपछि नेपाल भित्रने विद्युतीय गाडीको सङ्ख्यामा वृद्धि भएको व्यवसायी बताउँछन् ।

भन्सार विभागले हालै सार्वजनिक गरेको एक वर्षको तथ्याङ्कअनुसार नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १६७ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६९६ गरी ८२३ वटा गाडी नेपाल भित्रिएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x