Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

राष्ट्रिय गौरवका आयोजनामा समस्यै समस्या

राष्ट्रिय गौरवका आयोजनामा समस्यै समस्या

काठमाडौं, १३ साउन । संसदीय अध्ययन समितिले राष्ट्रिय गौरवका आयोजनामा समस्या नै समस्या रहेको निष्कर्ष निकालेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको हालै गरेको अध्ययनमा त्यस्ता आयोजना घोषणा गर्दा पूर्वतयारी नभएकोदेखि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरैजसो आयोजनामा समस्या रहेको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा रणनीतिक विकास, वित्तीय प्राविधिक तथा व्यवस्थापकीय पक्षसमेत समावेश गरी मापदण्ड तथा आधार तयार गर्नुपर्ने देखिन्छ । राष्ट्रिय गौरवका आयोजनाको आधार तयार गर्दा आयोजनाको आर्थिक तथा वित्तीय सामाजिक विश्लेषण र वातावरणीय मूल्यांकन हुनेगरी, रोजगारी, गरीबी र असमानताको अन्त्य, समावेशी हुने विषयलाई समेत ध्यान दिनुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना शुरू गर्दा आयोजना छनोट गर्दा स्पष्ट आधार तयार गरेको नपाइएको बताइन् । उनका अनुसार त्यसले गर्दा प्रारम्भिक सम्भाव्यता अध्ययन नै नभएका वा अन्य पूर्वतयारी नगरिएका आयोजना पनि राष्ट्रिय गौरवमा समावेश गरिएको अध्ययनबाट देखिएको छ ।

राष्ट्रिय गौरवका आयोजनाको डिजाइन गर्दा विकास तथा वातावरणबीच सन्तुलन कायम हुनेगरी गर्नुपर्ने र त्यस्ता आयोजना निर्माण गर्दा वनक्षेत्रलाई न्यूनतम असर हुनेगरी व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x