धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, बजार विकासका ४ खम्बे योजना
काठमाडौं, १२ साउन । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आर्थिक वर्ष २०७९/८० मा गरिने विकासात्मक तथा नियमित कार्यक्रमहरु समावेस गरी बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंको हिमालय होटलमा प्रत्रकार सम्मेलन गरी बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
र्बोडले चालू आर्थिक वर्षमा बजार विस्तारका चार खम्बा नीति तथा कार्यक्रम समावेस गरेको छ ।
सोहि नीति अनुसार यस आ.व मा संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, बजारको सन्तुलन तथा विस्तार गर्ने, बजार पारदर्शिता तथा प्रणलीको विकास गर्ने र नियमन निकायको भूमिका सशक्तिकरण गर्ने लगाएतका नीति समावेस गरेको छ ।