Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर

श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर

काठमाडौं, १४ साउन । सन् २०२२ को जुन अन्त्यसम्ममा श्रीलंकाको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ।

श्रीलंकाको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर थियो। तर त्यसबेला देखि सञ्चिति निरन्तर ओरालो लाग्दै आएको छ। सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्टसम्ममा मौज्दात तीन अर्ब १० करोड पुग्यो भने २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x