जाँचबुझ समितिलाई नै आर्थिक प्रलोभनको अफर दिदै वायुसेवा निगमका अध्यक्ष अधिकारी

पूर्ण प्रसाद चौलागाईँ

काठमाडौं, १९ साउन । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक हिनामीना, नियमका कर्मचारी माथी दुरव्यवहार लगायतका आरोपमा आफू बिरुद्ध जाँचबुझ गर्न गठित समितिका अध्यक्षलाई नै आर्थिक प्रलोभन दिएका छन् ।


अध्यक्ष अधिकारी विरुद्ध ५२ वटा आरोपबारे छानबिन गर्न मन्त्री परिषदले पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिका अध्यक्ष न्यौपानेले आफूलाई अध्यक्ष अधिकारीकाले आर्थिक प्रलोभन दिनुका साथै पूर्व प्रधानमन्त्री झलनाथ खनाल मार्फत छानबिन प्रतिवेदन रोक्न बारम्बार दवाब समेत दिएको मन्त्रालय स्रोतले बताएको छ ।

पर्यटन सचिव न्यौपानेको समितिले तयार पारेको प्रतिवेदनमा ५० अर्ब ऋणमा डुबेको निगमलाई नेतृत्व गर्न अधिकारी चुकेको र अधिकारी स्वयं पनि आर्थिक र नैतिक रुपमा समेत बारम्बार चुकेका व्यक्ति हुन् । सार्वजनिक पद धारण गरेको पदाधिकारीमा हुनुपर्ने व्यवसायिक चरित्र र पद अनुकुल आचरण नहरेको प्रतिवेदनमा उल्लेख भएको स्रोतको दाबी छ । पर्यटन सचिव न्यौपानेको समितिले २९ दिन लगाएर तयार पारेको प्रतिवेदन पर्यटन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाएको छ । मन्त्री श्रेष्ठको सचिवालयले भने प्रतिवेदनको अध्यन भईरहेकोले कानुन बमोजिम कारबाही गर्न पछि नहटने बताउँदै आएको छ ।


समितिले दिएको प्रतिवेदनमा कतारको दोहामा रहेको निगमको न्यारोबडी इन्जीन मर्मत र ठेक्कामा समेत अनमियताता गरेको ठहर गरेको छ । ठेक्का दिददा सार्वजनिक खरिद एन पालना नगरेको तथा कोभिडको बेला चाटर उडानको बक्यौता रकम असुल्न नसकेको र त्याबाट अधिकारी आर्थिक लाभ लिएको हुनसक्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।


यतिमात्र हैन नियमको विनिमय तथा प्राबधान बिपरित पदस्थापना तथा सरुवा गर्ने गरेको, सुरक्षा गार्ड नियुक्त गर्दा समय सिमाको ख्याल नगरेको लगायतका ५२ वटा आरोप लागेका छन् । अधिकारीलाई लागेको आरोपको कुनै पनि खण्डन गर्न आधार अधिकारी सँग नरहेकोको निगम स्रोतले बताएको छ । पर्यटन सचिव न्यौपानेको समितिलाई १० वटा विषयमा छानबिन गर्न भनेर मन्त्रालयकै सह सचिव बाबुराम सुबेदी र विमानस्थालमा महाप्रबन्धक प्रेमनाथ ठाकुर सहितको समिति गठन गरेको थियो ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *