फरार भनिएका गौतमश्री सहकारीका अध्यक्ष सार्वजनिक

काठमाडौं , २१ साउन । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम सार्वजनिक भएका छन् । सहकारी बन्द गरेर एक सातादेखि फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भएका हुन् ।

उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरे । गौतमले पनि सोमबार नै आफू भारतबाट नेपाल फर्किएको जानकारी दिए । ‘फर्किनासाथ ठूला निक्षेपकर्ता र सहकारी विभाग लगायतसँग कुरा गरें, सबैलाई भेटघाट गरें,’ उनले भने, ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु ।’

गौतमले आफू कतै नभाग्ने बताए । उनले बचकर्तालाई नआत्तिन र आफूलाई केही समय दिन आग्रह गरे । ‘केही समय दिनुस् । पहिले त दिनमा १०/२० करोड मात्रै कारोबार हुने भएर व्यवस्थापन भएको थियो, अहिले सबै जना एकैपटक माग्न आउनु भयो भने दिन सक्दिनँ,’ उनले भने,’यस्तो भयो भने त राष्ट्र बैंकले पनि सक्दैन ।’

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *