Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोमवार शेयर बजार ओरालो, १७.६७ अंकले घट्दा २ अर्ब ८५ करोडको कारोबार

सोमवार शेयर बजार ओरालो, १७.६७ अंकले घट्दा २ अर्ब ८५ करोडको कारोबार

काठमाडौं, २३ साउन । साताको पहिलो कारोबार दिन आइतवार १०.अंकले बढेको शेयर बजार दोस्रो दिन सोमवार १७.६७ अंकले आरोलो लागेको छ । यस दिन बजार मापक नेप्से परिसूचक ०.८३ प्रतिशतले घटेर २१०६.१६ अंकमा आइपुगेको छ ।
सोमवार उत्पादनमूलक र म्युचअल फन्डबाहेक सबै उपसूचक घटेका छन् । यस दिन २१४ कम्पनीको ६५ लाख २७ हजार ४४० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएकामध्ये गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक गुमाउने कम्पनी भने जानकारी फाइनान्स रहेको छ । जसको शेयरमूल्य ४.३१ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x