Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

एनआईसी एशिया बैंकको बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

एनआईसी एशिया बैंकको बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं, ६ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्ला गौमुल गाउँपालिकाको घटमुना बजारमा सातौ शाखा रहित बैंकिङ्ग सेवा जेष्ठ ३ गते बाट संचालनमा ल्याएको छ ।

सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका हुन् । उक्त शाखा रहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा श्री घटाल ब्रह्रादेव जनरल स्टोरका कलक बहादुर रोकायालाई नियुक्त गरेको छ । यस सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *