Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेशनल लाईफले पायो हकप्रद शेयरको स्विकृती

काठमाडौं, ६ जेठ । नेशनल लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्विकृती पाएको छ । इन्स्योरेन्सले १० बराबर ६ कित्ता अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासनको स्विकृती पाएको हो ।

इन्स्योरेन्सले ९९ करोड ३६ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर निष्कासन पछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x