Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

उद्योग मन्त्रालय र एफएनसीसीआईबीच समझदारी पत्रमा हस्ताक्षर

उद्योग मन्त्रालय र एफएनसीसीआईबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २७ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच आर्थिक रूपान्तरणका लागि सरकार–निजी साझेदारी अभियान कार्यान्वयन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । सरकारपछि सबैभन्दा धेरै सञ्जाल भएको एफएनसीसीआई र उद्योगमन्त्रालय अन्तगत हिजो हस्ताक्षर भएको हो ।

एफएनसीसीआईले गत वर्ष ल्याएको राष्ट्रिय आर्थिक रुपान्तरण २०३० को कार्यक्रम उद्योगमन्त्रालयले पनि संयुक्त रुपमा कार्यान्वयन गर्ने गरी साझेदारी अभियान काम गर्न सहकार्य भएको हो ।

आगामी १० वर्ष भित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पुरयाउने योजनमा एफएनसीसीआईले अगाडि सारेको थियो । २२ लाख मानिसलाई रोजगारी सिर्जना दिने, नेपालको उत्पादन वृद्धि गरेर व्यापार घाटा कम गर्ने योजना रहेको छ ।

सरकार र निजी क्षेत्रको समझदारीमा निजी क्षेत्रको लगानी, उत्पादन, पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गर्न उद्योग, व्यापार तथा व्यवसायसंग सम्बन्धित प्रचलित नीतिगत, कानूनी एवं प्रक्रियागत व्यवस्थामा समयसापेक्ष सुधारको लागि सुझाव तयार गरी एफएनसीसीआईले मन्त्रालय समक्ष पेश गर्ने र एफएनसीसीआईले पेश गरेका सुझावलाई आवश्यकता अनुसार नीति एवं कानूनमा समावेश गर्न मन्त्रालयले सहयोग गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x