Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

३९ अर्ब १७ करोड बीमा शुल्क आर्जन निर्जीवन बीमा कम्पनीको

३९ अर्ब १७ करोड बीमा शुल्क आर्जन निर्जीवन बीमा कम्पनीको

काठमाडौं,२७ साउन । गत आर्थिक वर्ष २०७८/ ७९मा  २० निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

बीमा समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/ ७९को वित्तीय  तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यो बीमा शुल्क आर्जन गरेका हुन्। जसमा सबै भन्दा बढी बीमा शुल्क  शिखर इन्स्योरेन्सले आर्जन गरेको छ। कम्पनीले गत आर्थिक बर्षमा ५ अर्ब ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। 

 बीमा शुल्क बढी आर्जन गर्ने दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी छ। कम्पनीले गत असार मसान्तसम्ममा ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

तेस्रो स्थानमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यो अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। 
चौथो स्थानमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीले आर्थिक बर्ष २०७८/७९मा  २ अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। सबै भन्दा कम बीमा शुल्क आर्जन गर्नेमा जनरल इन्स्योरेन्स रहेको छ। कम्पनीले गत असार मसान्तसम्म ९० करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *