Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

आईएफसीले नेपालमा साढे ४ कराेड अमेरिकी डलर लगानी गर्दै

आईएफसीले नेपालमा साढे ४ कराेड अमेरिकी डलर लगानी गर्दै

काठमाडौं, २८ साउन । अन्तराष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालको वित्तीय क्षेत्रमा साढे ४ कराेड अमेरिकी डलर लगानी गर्दै छ ।

भुक्तानी प्रणाली सुधार, ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण र सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्न आईएफसीले सन् २०२२ मा उक्त लगानी गर्न लागेको हो । सो लगानीबाट सन् २०२३ सम्ममा साना तथा मझौला उद्यम व्यवसाय (एसएमई)सम्म पुग्ने लक्ष्य आईएफसीले लिएको छ ।

सो अवधिमा आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’अन्तर्गत व्यापार वित्त सुविधा प्रदान गर्नेछ । यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको आईएफसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यो विश्वव्यापी रूपमै आईएफसीको यो पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम भएको बताइएको छ ।

सन् २०२३ सम्ममा नेपालका ३० हजारभन्दा धेरै साना तथा मझौला व्यवसाय र आम मानिसमा वित्तीय पहुँच थप सुदृढ गरिने आईएफसीले बताएको हो । संस्थाको यो कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशिता, प्रतिस्पर्धी क्षमता र स्थायित्वमा सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x