Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वाणिज्य बैंकको निक्षेप संकलन सुस्त

वाणिज्य बैंकको निक्षेप संकलन सुस्त

काठमाडौं, २८ साउन । साउन महिना लागेपछि वाणिज्य बैङ्कको निक्षेप सङ्कलनमा झनै खुम्चिन थालेको छ । नेपाल बैङ्कर्स एसोसिएसनका अनुसार पछिल्लो दुई सातामा वाणिज्य बैङ्कहरूको निक्षेप ३२ अर्ब रुपियाँले घटेको छ ।

साउन ६ देखि २० गतेसम्म बैङ्कको निक्षेप ३२ अर्ब रुपियाँले घटेको हो । एसोसिएसनका अनुसार साउन ६ गतेसम्म ४४ खर्ब ७८ करोड रुपियाँ रहेको बैङ्कको निक्षेप साउन २० गते आइपुग्दा ४४ खर्ब ४६ अर्ब रुपियाँमा सीमित भएको छ । साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपियाँ थियो ।

नबिल र एनबी बैङ्क मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैङ्कले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । असार महिनामा कर्जासमेत घटेको बैङ्कमा पछिल्लो दुई सातामा एक अर्बले कर्जा बढेको हो । असार मसान्तदेखि साउन २० गतेसम्मको अवधिमा भने १४ अर्ब रुपियाँले कर्जा घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x