Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड

माछापुच्छ्रे बैंकद्वारा  भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड

काठमाडौं, २८ साउन । माछापुच्छ्रे बैेंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएल प्रर्वद्धित नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ ।


नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक एव्म व्यापारीलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ उक्त नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर गुरुङ्गलाई माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो ।


उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महा प्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो । नेपाल पे को क्युआर सेवा सुरु भए संगै ग्राहकहरुले आफुले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट ए-स्मार्ट (मोबाइल बैंककिङ्ग एप्लिकेशन अफ एमबीएल) मार्फत भुक्तानी गर्न सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x