Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एक वर्षमा ३ अर्ब ६९ करोड बढीको सुर्तीजन्य पदार्थ आयात

एक वर्षमा ३ अर्ब ६९ करोड बढीको  सुर्तीजन्य पदार्थ आयात

काठमाडौं, २८ साउन । गत आर्थिक वर्ष २०७८/७९ मा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको सुर्ती र सुर्तीजन्य पदार्थ विभिन्न देशबाट भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र विभिन्न देशबाट नेपालमा ३ अर्ब ६९ करोड २७ लाख ८९ हजार रुपैयाँको सुर्ती र सुर्तीजन्य पदार्थ भित्रिएको हो ।

गत वर्ष सुर्ती मात्र २ अर्ब ९८ करोड ४१ लाख ६५ हजार रुपैयाँको नेपाल भित्रिएको विभागले जनाएको छ । सोही अवधिमा ३ करोड ८८ लाख ३८ हजार रुपैयाँको विभिन्न विदेशी चुरोट भित्रिएको छ ।


पछिल्लो समय नेपालमा हुक्काको पारखीहरू पनि बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष ८ करोड ७८ लाख १४ हजार रुपैयाँको ‘हुक्का फ्लेभर’ भित्रिएको विभागले जनाएको छ ।

विभागका अनुसार भारत, चीन, हङकङ, ताइवान, कम्बोडिया, जर्मनी, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, सर्विया, युनाइटेड अरब इमिरेट्स, जोर्डन, अमेरिका, मलेसिया लगायतका देशबाट नेपालमा चुरोट, सुर्ती र सुर्तीजन्य पदार्थ आउने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x