Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

तातोपानी नाका पूर्णरूपमा बन्द, खुल्ने निश्चित छैन

तातोपानी नाका पूर्णरूपमा बन्द, खुल्ने निश्चित छैन

काठमाडौं, २९ साउन । चीन सरकारले तिब्बतको विभिन्न स्थानमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी नाकाबाट आयात÷निर्यात बन्द गरेको छ । एकतर्फी रुपमा नाका बन्द गरिएको कारण कहिले सञ्चालनमा आउँछ भन्ने जानकारी नभएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताएका छन् ।

तिब्बतमा कोभिड संक्रमण बढेर आयात रोकिएको भन्ने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । कोभिड– १९ सुरु भएयता तातोपानी नाका वान वे सञ्चालन हुँदै आएको छ । नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण नेपाल र चीनबीच व्यापार प्रभावित हु्ँदै आएको थियो । केही समय पहिले नाकाबाट सामग्री आयात बढाउनका लागि दुवै देशका स्थानीय प्रशासन सहमत भएका थिए । तर, चीनमा पुनः कोरोना बढ्न थालेपछि नाकाबाट सामग्री आयात रोकिएको हो ।
नाका सुचारु गराउन शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग छलफलसमेत गरेका छन् ।

तातोपानी नाका बन्द हुनुपूर्व दैनिक चारदेखि आठ कन्टेनर चिनियाँ सामग्री नेपाल आयात हुँदै आएको थियो । स्याउ, मेसिनरी उपकरण, रोल कपडा नाकाबाट आयात भइरहेका थिए । जुरे पहिरो, भूकम्प, बाढी पहिरो, कोरोना महामारीलगायतका विपद्का कारण तातोपानी नाका बन्द हुने र खुल्ने हुँदै आएको छ । नाका पूर्ण रुपमा सञ्चालन गर्न सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार संघले पटक पटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x