Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१०६ मेगावाटको जगदुल्ला निर्माण अघि बढाउन परामर्शदाता कम्पनी नियुक्त गर्न आशयपत्र जारी

१०६ मेगावाटको जगदुल्ला निर्माण अघि बढाउन परामर्शदाता कम्पनी नियुक्त गर्न आशयपत्र जारी

काठमाडौं, २९ साउन । १०६ मेगावाटको जलविद्युत आयोजना निर्माण अघि बढाउन परामर्शदाता नियुक्त गरिने भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आइतबार आशयपत्र जारी गर्दै परामर्शदाताका लागि बोलपत्र आव्हान गरेको हो ।


इच्छुक योग्यता पुग्ने कम्पनीले भाद्र २९ गते १२ बजेसम्म आवेदन दिन सक्नेछन्। आयोजनाको ठेक्का व्यवस्थापन, निर्माण कार्यको सुपरिभिजन, बिडिङ डकुमेन्ट लगायतको काम लागि परामर्शदाता नियुक्त गर्न लागिएको हो ।


यसबाट छनोट भएका कम्पनीसँग आर्थिक र प्राविधिक प्रस्ताव मागिने र उपयुक्त हुने एउटा कम्पनी छनोट हुनेछ । त्यसै गरि कम्पनीले साइटमा क्याम्प निर्माणका लागि समेत ठेक्का निकालेको छ ।

यो आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने जदुल्ला नदीमा निर्माण हुनेछ । आयोजनाले विद्युत विकास विभागबाट २०७४ मा अध्ययनका लागि सर्वे लाइसेन्स लिएर अध्ययन अघि बढाएको हो । सुरुमा ३०७ मेगावाटको जलाशययुक्त आयोजना निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो । अध्ययनका क्रममा कमजोर भुगोलका कारण १०६ मेगावाटको अर्धजलाशययुक्त आयोजना निर्माण गर्न सकिने निष्कर्ष निकालिएको थियो । सोही अनुसार चार वर्ष लगाएर एनईए इन्जिनियरिङ कम्पनीले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ । अहिले आयोजना निर्माणको पूर्व तयारीका कामहरु भइरहेको बताइएको छ ।


सो आयोजनाले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) का लागि आवेदनको दिएको छ । एक दुई सातामा नै स्वीकृती पाउने अपेक्षामा आयोजनाका अधिकारीहरु छन्। लागत करिब २३ अर्ब रुपैयाँ अनुमान गरिएको आयोजनाको फाइनान्सियल क्लोजर गर्ने तयारी भइरहेको छ । आयोजनाका लागि १६ अर्ब रुपैयाँ ऋण चाहिन्छ । ७.१ अर्ब रुपैयाँ इक्विटीबाट इन्जेक्ट गर्ने योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x