Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

क्रिप्टो करेन्सी,नेटर्वक मार्केटीङ्ग तथा हाइपरफण्ड कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारबाही : राष्ट्र बैंक

क्रिप्टो करेन्सी,नेटर्वक मार्केटीङ्ग तथा हाइपरफण्ड कारोबार गैरकानुनी, कारोबार गर्नेलाई कारबाही : राष्ट्र बैंक

काठमाडौं, ३० साउन । राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, बिटक्वाइन र नेटर्वक मार्केङ्गि तथा हाइपरफण्ड अन्तर्गतको कारोबार व्यवसाय गैरकानुनी रहेको हुनाले कारोबार गर्नेलाई कारबाही गर्ने बताएको छ । बैंकले सोमबार सूचना जारि गर्दै यस्तो बताएको हो ।


यस अघि बैंकले २०७४ साउन २९, २०७८ भदौ २४ र २०७८ माग ९ मा सार्वजनिक सूचनाहरु प्रकाशन गरेको पुनः अवगत गराइएको हो ।

नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत) र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपालबाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, स्टेबलक्वाइन्स् समेत पिरामिडमा आधारित नेटर्वक मार्केटीङ्ग तथा हाइपरफण्ड कारोबार गरे÷गराएको पाइएमा तथा सोको प्रयोग, संलग्नता,सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, मिनीङ्ग सम्बन्धी कार्य गर्ने÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही गर्ने बैंकले बताएको छ ।


विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरेको बैंकले जनाएको छ ।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी स्टेबल क्वाइन्स्ले समेत कानुनी मान्यता नपाएको, नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हँुदा भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, नेटर्वक मार्केङ्गि तथा हाइपरफण्ड स्टेबलक्वाइन्स्को कारोबार गैरकानुनी रहेको छ ।


भर्चुअल करेन्सी, क्रिप्टो करेन्सी, स्टेबलक्वाइन्स् समेत पिरामिडमा आधारित नेटर्वक मार्केटीङ्ग तथा हाइपरफण्डमा सम्पत्ति शुद्धीकरण तथा आतड्ढकारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषयसमेत स्मरण गराइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x