गरिमा क्यापिटलको सीईओमा निर्मल भट्टराई

काठमाडौं, १ भदौ । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भट्टराईलाई आज (भदौ १ गते)देखि लागू हुनेगरी कम्पनीको सीईओमा नियुक्त गरेको हो ।
भट्टराईले भारतबाट चार्टर्ड एकाउन्टेन्सी गरेका छन् । यसअघि उनले गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका थिए ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डद्वारा अनुमतिप्राप्त मर्चेन्ट बैंकर हो ।