Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुर्खेतको जन नमूना मा.वि.ले विना रसिद विद्यार्थीबाट शुल्क असुल गर्दै

सुर्खेतको जन नमूना मा.वि.ले विना रसिद विद्यार्थीबाट शुल्क असुल गर्दै

काठमाडौं, ३ भदौ । सुर्खेतको जन नमूना मा.वि.ले विद्यार्थी भर्ना गर्दा विना रसिद विद्यार्थीहरुबाट दुई लाख छयत्तर हजार छ सय नब्वे रुपैयाँ असुल गरेको छ ।


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ मा रहेको श्री जन नमूना मा.वि.ले २०७२ साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरुबाट नेपालको संविधान, उच्च अदालत सुर्खेतको २०७४ मंसिर १ गतेकोे परमादेश र २०७८ जेठ २३ को अन्तरिम आदेश विपरित विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिल समेत नदिएको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतले उक्त विद्यालयबाट बिना रसिद लिइएको सो रकम र सम्बन्धित कागजातहरु यहि भदौ १ गते नियन्त्रणमा लिएको हो ।


आयोगले बिहीबार सूचना जारी गर्दै विभिन्न विद्यार्थीहरुबाट लिइएको सो रकम र सम्बन्धित कागजातहरु भदौ १ गते नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताएको छ ।


सरकारले निःशुल्क घोषणा गरेका अन्य सामुदायिक विद्यालयहरुले समेत बिना रसिद विभिन्न नाममा विभिन्न कक्षाहरुमा शुल्क असुल गरेको भन्ने उजुरी उपर आयोगका कार्यालयहरु समेतबाट छानबिन भइरहेको समेत बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x