२ सयले घट्यो सुनको मूल्य
काठमाडौं, ६ भदौ । यस साताको कारोबारको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
यस दिन छापावाला सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँले घटेर कारोबार भएको हो ।
आइतबार सुन प्रतितोला ९५ हजार ५ सय र चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भएको थियो भने आज सोमबार मूल्य घटेर सुन प्रतितोला ९५ हजार ३ सय र चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासघंले जनाएको छ ।