नागरिक लगानी कोषले २२.०६ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, ७ जेठ । नागरिक लगानी कोषले आगामी वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २२.०६ प्रतिशत अर्थात १९ करोड ९२ लाख २८ हजार ९६६ रुपैयाँ बराबरका बोनस शेयर दिने निर्याय गरेको छ । उक्त निर्णय कोषको संचालक समितिको जेठ ७ गते बसेको बैठकले गरेको हो । यस्ते उक्त बैंठकले बोनस शेयरमा लाग्ने कर बापतको १.१६ प्रतिशत अर्थात १ करोड ४ लाख ८५ हजार ७२५ रुपैयाँ नगद लाभांश दिने निर्णय समेत गरेको छ ।

यस कोषको हाल चुक्ता पुँजी ७४ करोड ३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित २२.०६ प्रतिशत बोनस शेयर पछि कोषको चुक्ता पुँजी ९० करोड ३६ लाख रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *