युनाइटेड इन्स्योरेन्सको बुक क्लोज र एजिएम कहिले ?
काठमाडौं, ७ जेठ । युनाइटेड इन्स्योरेन्सले जेठ २७ गते वार्षिक साधारण सभा राख्ने जानकारी दिएको छ । कम्पनीको यस वार्षिक साधारण सभामा शेयरधनीहरुलाई लाभांश दिने छैन ।
यस्तै कम्पनीले वार्षिक साधारण सभामा सहभागी हुनका लागि जेठ १३ देखी २७ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ । कम्पनीले शेयर दर्ता किताब बन्द र वार्षिक साधारण सभा बस्ने निर्णयको सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।