Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

हिमालयन बैंकद्वारा महाराजगंजको कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालन

हिमालयन बैंकद्वारा महाराजगंजको कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालन

काठमाडौं, ७ भदौ । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको छ ।

बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा विभिन्न कार्डहरुबाट पनि भुक्तानी गर्न सकिने छ । बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवाररआफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने छ ।
नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जल राजभण्डारी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. यवानिधि बसौलाले हस्ताक्षर गर्न भएको छ । सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x