Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से १.८१ अंकले उकालो, १ अर्ब ३३ करोड बढीको कारोबार

नेप्से १.८१ अंकले उकालो, १ अर्ब ३३ करोड बढीको कारोबार

काठमाडौं, ७ भदौ । यस साताको तेस्रो कारोबार दिन मंगलबार शेयर कारोबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.०९ प्रतिशतले बढी हो ।


मंगलबार २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ०.५८ अंकले घटेर ३९७.६९ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशतले घटेको हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ६ समूहका कम्पनीको कारोबार बढेको छ भने ७ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै होटल एण्ड टुरिजम समूहका कम्पनीको कारोबार घटेको छ । कारोबार बढ्ने समूह तर्फ भने उत्पादन क्षेत्रको बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x