Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

व्यवसाय गर्न दिइने सफ्ट लोनको रकम बढाउन महिला उद्यमीहरुको माग

व्यवसाय गर्न दिइने सफ्ट लोनको रकम बढाउन महिला उद्यमीहरुको माग

काठमाडौं, ७ जेठ । सरकार आगामी आर्थिक बर्ष २०७५÷०७६ को बजेट निर्माण जुटिरहेका बेला महिला उद्यमीहरुले उद्योग व्यवसायमा महिलाको पहु्ँच बढाउन बजेट मार्फत १० देखि २५ लाखसम्म सफ्ट लोनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यसले उद्योग व्यवसायमा महिलालाई थप प्रोत्साहन मिल्ने उनीहरुको अपेक्षा छ ।

नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शारदा रीजालले सरकारले ३ बर्ष अघि महिला उद्यमशिलता कोष खडागरी उद्यम गर्न चाहने महिलालाई १ देखी ५ लाख सम्म लोन दिने व्यवस्थाले महिलाहरु औपचारिकरुपमा उद्योग व्यवसायमा लागेको बताइन । पहिलेको तुलनामा उद्योग दर्ता गरि कर तिर्ने महिलाको संख्यामा वृद्धि भएको उनले बताइन । १ देखी ५ लाख रुपैयाँको रकम उद्यम व्यवसाय गर्न सानो भएको बताउदै उनले त्यसलाई बढाएर १० देखी २५ लाख रुपैयाँ सम्म पु¥याउनुपर्ने बताइन ।

नेपालमा महिला उद्यमशिलताको विकास तिब्र गतीमा भइरहेको बेला धेरै महिला उद्यमीहरु पैसाको अभावका कारण खुम्चिएर बस्नु परेको गुनासो छ । अहिले नेपालमा ५ लाख भन्दा बढी महिलाले कुनै न कुनै उद्यम गरिरहेका छन् । पुरुषको दाजोमा बराबरी काम गर्ने क्षमता हुदाँहुदै पनि बजेटको अभावमा अगाडी आउन नसकेको महासंघकी अध्यक्ष रिजालको तर्क छ । सरकारले उद्यमी महिलाहरुका लागि निश्चित बजेट तोकेमा न्युन आय भएका कर्मशिल महिलाहरुको जिवनस्तर उकास्न सकिने उनले बताइन् ।

उनले मुलुक संघीय संरचनामा गएसंगै प्रादेशीक संरचनामा उद्यमशिलता विकास सेन्टर हुनुपर्ने र स्थानिय स्तरमै तालिम दिई कार्यक्रम गर्न मिल्ने व्यवस्था समेत हुनु पर्ने बताइन् । सरकारले महिला व्यवसायीलाई व्यवसाय दर्ता शुल्कमा ३५ प्रतिशत छुट दिए पनि बजार व्यवस्थापन, प्रविधि विस्तार, उद्यमी महिलाहरुलाइ अवार्ड प्रदान गर्नुका साथै प्रमोसन गरी उत्साहित गर्ने कुरा लागु नभएको बताइन् ।
‘देशको अर्थतन्त्र उकास्नमा महिला उद्यमीको विशेष भुमीका हुने हुदाँ यसै अनुरुप सरकारले बजेट घोषणा गरी तत्काल लागु गर्नुपर्ने आवश्यकता छ, उनले भनिन् नेपाली महिला उद्यमीहरुलाई सार्क मुलुक भारत बंलादेश, श्रिलंका, पाकिस्तान, अफगानिस्तानका महिला उद्यमी जति नै सेवा सुविधा दिइयो भने पुरुष सरह महिलाको पनि ठुलो व्यापारमा पँहुच बढ्ने र अहिलेका मुलभुत व्यवसायीक समस्यामा कमी आउने छ । ’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x