Shangrila

मुक्तिनाथ बैंकको तीज विशेष अफर, अब बैंक खाता खोल्दा एक लाख सम्मको बीमा

काठमाडौं, ८ भदौ । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।

यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्नुहुने नारीहरुले पाउनुहुनेछ रु १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निशूल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रान्क्वालिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट यही भदौ महिनाका लागि योजनाका शर्तहरु लागु हुनेभएकाले यस योजनाका बारे थप जानकारीका लागि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिने बताइएको छ ।

यो योजनोले नारीहरुको सम्मान गर्दै नारीहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *