Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँड

काठमाडौं, ८ भदौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर,आइपीओ बाँडफाँड सम्पन्न गरेको छ ।

सन्राइज क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित धौलागिरी लघुवित्तकोे प्रति शेयर १ सय अङ्कित दरको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयर नियमन निकायका प्रतिनिधिहरुको रोहबरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा बाँडफाँड गरेको हो ।

धौलागिरी लघुवित्तकोे ३ लाख ३१ हजार कित्ता मध्ये कर्मचारी तथा सामुहिक लगानी कोषलाई वितरण पश्चात बाँकि भएको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयर गत साउन २४ देखि साउन २९ गते सम्म सर्वसाधारणहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

सो आइपीओका लागि १८ लाख ६५ हजार ९ सय २६ दरखास्त बाट कुल २ करोड ४ लाख ७५ हजार ९ सय ८० कित्ताको लागि आवेदन प्राप्त भएको थियो ।

उक्त निष्काशनमा आवेदन दिने १८ लाख ६५ हजार ९ सय २६ जना आवेदकहरु मध्ये रित नपुगेका १ हजार २ सय ८६ जना आवेदकहरुलाई बाँडफाँडमा समावेश नगरी बाँकि १८ लाख ६४ हजार ६ सय ४० जना आवेदकहरुबाट ३० हजार ९ सय २९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३ लाख ९ हजार २ सय ९० कित्ता बांडफांड गरी बाँकि रहेको ५ कित्ता शेयरको लागि बाँडफाँडमा परेका आवेदकहरु मध्येबाट थप ५ जना सफल आवेदक छनौट गरी प्रति व्यक्ति १ कित्ताका दरले बाँडफाँड गरेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x