Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने माग राख्दै आईएमएफले रोक्यो नेपाललाई दिने ऋण

राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने माग राख्दै आईएमएफले रोक्यो नेपाललाई दिने ऋण

काठमाडौं, ८ भदौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसँग प्रतिबद्धता गरेको ऋणको दोस्रो किस्ता रोकेको छ । सरकारी लेखा परीक्षण गर्ने संस्था महालेखा परीक्षकले गर्दै आएका राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रिय अडिट फर्मबाट गराउनुपर्ने आईएमएफको माग छ ।


यसरि आईएमएफले अन्तर्राष्ट्रिय फर्मबाट अडिट गराउन माग गर्नु भनेको महालेखा परीक्षकको अडिटलाई विश्वास नगरेको बुझ्न सकिन्छ ।


ऋण रोकिएपछि सरकारले नेपाल राष्ट्र बैंकको अडिट अन्तर्राष्ट्रियस्तरको अडिट फर्मबाट गराउन प्रक्रियासमेत सुरू गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । महालेखाले एक पटकका लागि अडिट गराउन अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षक नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।

आईएमएफले पहिलो किस्ता ९७८.५ मिलियिन एसडिआर० सन् २०२१ डिसेम्बर २२ मा दिएको थियो । दोस्रो किस्ता ३९.२ मिलियन एसडीआर आउन भने ढिला भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले बताएका छन् ।
पोखरेलले भने, ‘अहिले आईएमएफको रिभ्यू चलिरहेको छ । त्यसमा नेपालको नीतिगत सुधार गर्नुपर्ने उसको माग छ । तर, सरकारले विस्तारै गरौला भन्दा पनि उसले रिजल्ट नै खोज्ने गरेको छ ।’

आईएमएफले एक्टेण्डेड क्रेडिट फ्यासिलिटी ९ईसीएफ० अन्तर्गत रकम दिने प्रतिबद्धता जनाएको थियो । यो रकम सरकारले आफ्नो आवश्यकताका आधारमा खर्च गर्न सक्नेछ । आईएमएफले ३८ महिनामा नेपाल सरकारलाई ३९८.८ मिलियन डलर बराबरको रकम दिने गरी सम्झौता गरेको थियो । सात किस्तामा यो रकम नेपालले पाउनेछ ।

यो रकम ब्याज नदिने गरी सम्झौता भएको थियो । यसको ग्रेस पिरियड ५ वर्ष राखिएको छ । कुल १० वर्ष भुक्तानी अवधि हुन्छ । सन् २०२३ सम्म सबै किस्ता आइसक्नुपर्ने हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x