Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एक महिनामै ११ अर्बभन्दा बढीको तेल आयात

एक महिनामै ११ अर्बभन्दा बढीको तेल आयात

काठमाडौं, ८ भदौ । नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा ११ अर्बभन्दा बढीको  तेल आयात गरेको छ । 

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा उक्त मूल्य बराबरको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल विभिन्न देशबाट आयात गरेको हो । 

गत साउन महिनामा कुल ११ अर्ब २१ करोड ७५ लाख ७१ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।  सो मूल्यमा ५ करोड २८ लाख ६६ हजार २७५ लीटर कच्चा भटमास, पाम र सनफ्‌लावर तेल नेपाल भित्रिएको छ । 

साउनमा ६ अर्ब १८ लाख ९९ हजार रुपैयाँका कच्चा भटमास तेल, ४ अर्ब १६ करोड ३६ लाख ६८ हजार रुपैयाँको कच्चा पाम तेल र १ अर्ब ५ करोड २० लाख ३ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा कच्चा भटमास, पाम र सनफ्‌लावर तेल अर्जेन्टिना, ब्राजिल, इटाली, पराग्वे, अमेरिका, भियतनाम, इन्डोनेसिया, फिलिपिन्स, भारत, मलेसिया र युक्रेनबाट आउने गरेको छ । साउनमा नेपालमा सबैभन्दा बढी कच्चा भटमास र सनफ्‌लावर तेल अर्जेन्टिनाबाट आएको छ । सो समयमा अर्जेन्टिनाबाट ४ अर्ब १८ करोड ६४ लाख ९१ हजार रुपैयाँका भटमास र सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

यस्तै, साउन महिनामा युक्रेनबाट ५० करोड १० लाख १८ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट नेपालले १२ अर्ब २० करोड ६५ लाख ९० हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्‌लावर तेल आयात गरेको थियो । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x