Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोटेश्वर क्षेत्रको अवैध संरचना भत्काइँदै

कोटेश्वर क्षेत्रको अवैध संरचना भत्काइँदै

काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने भएको छ ।

व्यापारीलाई आफै अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए । 

“नक्सा पास नगरी अन्डरग्राउन्ड पार्किङमा बनाइएका संरचना हटाउन भनेका छौँ । दिउँसोतिर अनुगमनमा जाँदैछौँ । व्यापारीले हटाउन अटेर गरेर आफै हटाउछौँ,” एसपी पाण्डेले भने ।

बुधबार महानगरले सुनधारा, न्युरोड क्षेत्रका अनाधिकृत संरचनामा डोजर चलाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले दरबारमार्गस्थिल लन्डन पबको अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, महानगरले जिल्ला अदालत काठमाडौंसँग नक्सापासको प्रतिलिपि माग गरेको छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x