Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

नेप्से १८.३० अंकले ओरालो, १ अर्ब ७१ करोड बढीको कारोबार

नेप्से १८.३० अंकले ओरालो, १ अर्ब ७१ करोड बढीको कारोबार

काठमाडौं, ९ भदौ । यस साताको पाचौं कारोबार दिन बिहीबार शेयर कारोबार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९.५४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले बढी हो ।


बिहीबार २१९ कम्पनीको ४२ लाख ३४ हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ७४ लाख ३६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ३.७८ अंकले घटेर ३९४.५१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.९५ प्रतिशतले घटेको हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै उत्पादन समूहका कम्पनीको कारोबार घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x