Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नबिल बैंकद्वारा मोबाइल व्यवसायीका लागि वित्तिय कार्यक्रम

नबिल बैंकद्वारा मोबाइल व्यवसायीका लागि वित्तिय  कार्यक्रम

काठमाडौं, १० भदौ । नबिल बैंकले नेपाल मोबाइल वितरण संघ सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तत्र्रिmया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले च्यानल फाइनान्सीङ्ग, क्यूआर मर्चेन्टर फोन लोन को बारेमा छलफल गरेको हो ।

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पु¥याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए । उनका अनुसार नबिल च्यानल फाइनान्सीङ्गले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने नबिल फोन लोनले अब क्यूआर व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल माध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसै गरि उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराए ।

कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो । प्यानल सदस्यहरुका रुपमा सुजन केसी, प्रहरी निरिक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो भने संवाद कार्यक्रमको संचालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x