Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

गैरआवासीय नेपाली संघ, एसिया प्रशान्त क्षेत्रीय भेला बैंककमा जारी

गैरआवासीय नेपाली संघ, एसिया प्रशान्त क्षेत्रीय भेला बैंककमा जारी

काठमाडौं, १० भदौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गरिने विभिन्न महादेशिय भेलाहरु मध्ये एसिया प्रशान्त क्षेत्रको ९आंै क्षेत्रीय भेला थाईल्याण्डको राजधानी बैंकक स्थित मिलिनियम हिल्टन होटलमा आज २६ अगष्ट देखी शुरु भै २८ अगष्टमा समापन हुने भएको छ ।


यस कार्यक्रममा क्षेत्रियस्तरका सरोकारका विभिन्न विषयहरुका साथै एनआरएनएले उठान गर्दै आएका महत्वपूर्ण मुद्धाहरुमा समेत विज्ञहरुबाट प्रस्तुतीका साथै सहभागीहरुबाट राय संकलन गरिने बताइएको छ ।

यस भेलामा नेपाल सरकारका तर्फबाट प्रमुख अतिथिको रुपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुंवरको उपस्थिति रहने छ । साथै विशिष्ट अतिथिको रुपमा सांसद डा. सूर्य पाठक, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मणी भद्र कंडेल शर्मा, पुष्पराज तिमिल्सीना (समाबेसी आयोग), लिली थापा (राष्ट्रिय मानव अधिकार आयोग), मिर्जा अर्सद बेग (राष्ट्रिय मुस्लिम आयोग), गणेश प्रसाद ढकाल (थाईल्याण्डका लागी नेपाली राजदुत), राजेन्द्र खेतान (अनररी काउन्सिलर (पोर्चुगल) लगाएतको गैरआवासीय आन्दोलनका संस्थापक अग्रजहरु तथा वर्तमान नेतृत्व बर्गहरुको उल्लेख्य सहभागिता रहने छ । एसिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरु, यूरोप, अमेरीका ओसियाना , अफ्रिका तथा मध्यपूर्वका ३० देशहरुबाट समेत गरी करिब ३०० प्रतिनिधीहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको भूमिका, नागरिकता निरन्तरता, पिएनओका मुद्दा, विदेशमा बस्ने नेपाली विज्ञहरुको राष्ट्र निर्माणमा भूमिका, सामाजिक रुपान्तरणको लागि लैंगिक समानता साथै गैरआवासीय नेपाली आन्दोलनले उठान गरिरहेका मुद्दाहरु खासगरी सम्मानजनक बैदेशिक रोजगारी तथा सामाजिक सुरक्षा, प्रवासबाट मताधिकार, युवा तथा महिला सवाल तथा पढ्दै कमाउँदै जस्ता महत्वपूर्ण कार्यक्रमहरुबारे छलफल र विभिन्न एनसीसी हरुका प्रस्तुती रहने कार्यक्रम रहेको छ ।

भाईचार अभिबृद्धि तथा पारस्परिक सहयोगलाई बढावा दिने सोचका साथ ‘मिलाप’ को अवधारणा अनुरुप यो भेला आयोजना गरिएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम, गजल तथा हांस्यब्यंग्य विधामा प्रस्तुती रहने छ ।

यस ३ दिने कार्यक्रमलाई सफल बनाउन आयोजकहरु अहोरात खटेका छन् । कार्यक्रमको अन्तमा भेलाको निचोड प्रस्तुत गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x