Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

गत आवमा थपियो ७४१ मेगावाट विद्युत् उत्पादन क्षमता

गत आवमा थपियो ७४१ मेगावाट विद्युत् उत्पादन क्षमता

काठमाडौं, १२ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयको आफ्नो उपलब्धि सार्वजनिक गरेकी छन् ।

मन्त्री भुसालले उपलब्धि सार्वजनिक गर्दै गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय र भौतिक प्रगित क्रमशः ७६.६६ र ८० प्रतिशत हासिल गरेको बताइन् ।
गत आवमा विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भई कुल विद्युत् उत्पादन क्षमता २२६९ मेगावाट पुगेको बताइन् । ६६ केभीभन्दा माथिको प्रशारण लाइन ४४६ सर्किट किमी थप भई ५०८६ सर्किट किलोमिटर निर्माण भएको उनले जानकारी दिइन् । विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको उनको भनाइ छ ।

१७ बुँदे उपलब्धि सार्वजनिक गर्दै मन्त्री भुसालले २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको बताइन् ।


विद्युत् आधारभूत आवश्कयताको साथै उत्पादनको साधन हो भन्ने मान्यताका साथ महसुल पुनरावलोकन गरी सिंचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँ सम्म महसुल कायम गरिएको उनले जानकारी दिइन् । प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत ३२५ युनिटबाट बढोत्तरी भई ३५१ पुगेको उनले बताइन् ।

विगत ५ वर्षको विद्युतको वार्षिक औसत खपतदर १८ प्रतिशतको दरले वृद्धि भएको उनले जानकारी दिइन् । देशको करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको भन्दै उनले ‘स्वदेशी विद्युत् जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको मन्त्री भुसालले बताइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x