नेप्से ३३.३६ अंकले ओरालो, २ अर्ब ५ करोड बढीको कारोबार
काठमाडौं, १२ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३३.३६ अंकले घटेर १९८९.२६ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.६५ प्रतिशतले बढी हो ।
आइतबार २२४ कम्पनीको ६१ लाख ४८ हजार ३ सय ४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ६.०५ अंकले घटेर ३८५.७० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले घटेको हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन एउटा समूहको कारोबार बढेको र १२ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै निर्जीवन बीमा समूहका कम्पनीको कारोबार घटेको छ । कारोबार बढ्ने समूह तर्फ भने म्यूचल फण्ड समूह रहेको छ ।