Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सुधीर बस्नेतले नबिल बैंकको करिब ५० करोड ऋण तिरेनन्, सात दिनभित्र पैसा तिर्न प्राधिकरणको आदेश

सुधीर बस्नेतले नबिल बैंकको करिब ५० करोड ऋण तिरेनन्, सात दिनभित्र पैसा तिर्न प्राधिकरणको आदेश

काठमाडौं, १५ भदौ । कर्मचारी सञ्चय कोषले दुई-दुई पटक लिलामीमा राख्दासमेत बिक्री नभएको कोहिनुर हिल हाउजिङ प्रालिका मालिक सुधीर बस्नेतलाई नबिल बैंकको ऋण तिर्न डाकिएको छ ।
मंगलबार सात दिने सूचना जारी गर्दै ऋण असुली न्यायाधिकरणले नबिल बैंकको करिब ५० करोड रुपैयाँ तिर्न ताकेता गरेको हो ।

नबिल बैंकसहित कर्मचारी सञ्चय कोष लगायतसँग ऋण लिएर बस्नेतले कोहिनुर हिल हाउजिङ निर्माण गर्न खोजेका थिए । उनले ऋण चलाए पनि घर बनाउन सकेनन्। राष्ट्र बैंकले घरजग्गामा कडाइ गरेपछि बैना-बैनामा कारोबार गर्दै आएका बस्नेत चुर्लुम्म डुबेका थिए ।

ओरियन्टल सहकारीको मुद्दामा त उनी प्रहरी हिरासतमै पनि बसेका थिए ।

न्यायाधिकरणले २०७७ पुस ७ गते भएको निर्णय र गत वैशाख २३ गते भएको आदेश अनुसार ठहर भएको रकम भुक्तानी गर्न ताकेता गरेको हो ।

बस्नेतले ३२ करोड ४५ लाख ४८ हजार तिर्नु पर्ने ठहर भएको छ। यसबाहेक साँवा रकम १४ करोड ६ लाख पनि भुक्तानी गर्नु पर्ने ठहर भएको छ । यही पैसा तिर्नका लागि प्राधिकरणले ताकेता गरेको हो। पैसा नउठेपछि नबिलले प्राधिकरणमा मुद्दा हालेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x