Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

रिलायबल इन्स्योरेन्सले मर्जरमा नगई तोकिएको चुक्ता पुँजी पुर्‍याउने

रिलायबल इन्स्योरेन्सले मर्जरमा नगई तोकिएको चुक्ता पुँजी पुर्‍याउने

काठमाडौं, १५ भदौ । रिलायबल लाईफ इन्स्योरेन्सले बिमा समितिले तोकेको समयमै ५ अर्ब चुक्ता पुँजी पुर्‍याउने भएको छ ।


बिमा समितिले आगामी चैत मसान्त सम्म सबै जीवन बिमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो ।

अर्थकोअर्थ
संग कुरागर्दै कम्पनीका सिइओ नारायण लोहनीले भने कम्पनीको असार मसान्त सम्ममा चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको थियो । हाल कम्पनीका सेयर धनिहरुले आफ्नो थप पुँजी राखेर २ अर्ब ८० करोड भएको छ । आइपीओ जारी गरेर सर्वसाधारण बाट १ अर्ब २० करोड रुपैयाँ उठाउने लोहनीले बताए भने इन्योरेन्सको ८० करोड रुपैयाँ सञ्चितीकोष रहेको र बाँकी नपुगेको यो वर्ष कमाएर ५ अर्ब चुक्ता पुँजी पु¥याउने कम्पनीको योजना रहेको उनले बताए ।


लोहनीले भने हामीले बिमा बजारको सर्वाधिक ठूलो ४ करोडको बिमा क्लेम पे गरिसकेका छौं । यस्तै आज बुधबार देखि नयाँ बिमा योजना ‘रिलायबल सुरक्षित बिमा’ सार्वजनिक गरेको छ । जुन विदेशमा रहेका र जान लागेका नेपाली नागरिकले १८ सय रुपैयाँमा बिमा गर्न सक्ने छन् जसले ९ लाख सम्मको रिक्स कभर गर्ने उनले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x