Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छैटौं वर्षमा

काठमाडौं, १६ भदौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स आजबाट छैटौं वर्षमा प्रवेश गरेको छ । २०७४ भदौ १५ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको हो ।

छैटौं वर्ष प्रवेश गरेको अवसरमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ नारायणबाबु लोहनीले सबै स्टेक होल्डरसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने, लघुबीमाको लागि गाउँ गाउँमा पुगेर बीमा सेवा प्रवाह गर्ने, बीमितको हितमा बोनसदर बृद्धिमा फोकस हुने तथा डिजिटल मार्केटिङलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस्तै बीमा समितिले तोके बमोजिमको चुक्तापूँजी पुर्‍याउन कम्पनीलाई समस्या नभएको बताइएको छ । मर्जरमा नगई तोकिएकै समयावधिभित्र चुक्तापूँजी पुर्‍याउने कम्पनीको योजना रहेको उनले बताएका छन् ।

आगामी दिनमा अझै सरल र उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ । सबैलाई सहज र अनुकूल हुने बीमालेख ल्याएको कम्पनी बीमा बजारमा पारदर्शिता र विश्वसनीयता कायम गर्दै अघि बढ्ने रणनीति लिएको छ ।

गत आवको वित्तीय विवरण अनुसार यस कम्पनीको जीवन बीमा कोष ७८.१३ प्रतिशतले बढेर ४ अर्ब ६० करोडभन्दा बढी पुगेको छ । त्यस्तै, खुद नाफा २१ प्रतिशतले बढेको छ । गत आवमा मात्रै तीन अर्ब ७७ करोड खुद बीमा शुल्क आम्दानी गर्न कम्पनी सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x