Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक छ : अर्थमन्त्री शर्मा

बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं, १६ भदौ । अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।


कर्णाली प्रदेशको सुर्खेतमा बिहीबार बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्याउन आवश्यक रहेको बताउँदै सोही अनुसार क्षेत्र विस्तारमा लाग्न बीमा समितिलाई निर्देशन समेत दिएका छन् ।


कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेको भन्दै उनले बीमाको सेवा विस्तार गर्न आग्रह गरेका छन् । नयाँ विधेयकमा सरकारले बीमा प्राधिकरण, बीमा प्रतिष्ठान, बीमा सूचना केन्द्रजस्ता संरचनाको प्रस्ताव गरेको भन्दै उनले जनशक्ति व्यवस्थापनका लागि छुट्टै कलेजको आवश्यकता रहेको समेत बताए ।


बीमा सेवा सहर–बजारमा मात्र सीमित नभई गाउँ–गाउँसम्म पुग्नुपर्ने उनको भनाइ थियो । बीमा कम्पनीले समयमा भुक्तानी नदिने, बीमितले दाबी अनुसारको भुक्तानी नपाउने गुनासो आफूले सुनेको भन्दै उनले बीमालाई थप विश्वसनीय वातावरणका साथ सेवा विस्तारमा ध्यान दिन निर्देशन दिएका छन् ।


लघुवित्तमार्फत सहुलियतपूर्ण ऋणलाई जनताको खेतबारीसम्म पुर्याउने लक्ष्य सरकारले लिएको भन्दै मन्त्रि शर्माले अब बीमा कम्पनीहरू त्यहाँसम्म पुग्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x