Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

अर्थतन्त्रको आकारमा बेलायतलाई पछि पार्दै ५औं स्थानमा भारत

अर्थतन्त्रको आकारमा बेलायतलाई पछि पार्दै ५औं स्थानमा भारत

काठमाडौं, १९ भदौ । भारतले अर्थतन्त्रको आकारमा बेलायतलाई उछिनेको छ । टाइम्स अफ इन्डियाका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्यांकमा भारत अब विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश बनेको हो ।


वर्तमान समयमा भारतको अनुमानित कूल ग्राहस्थ उत्पादन ९जिडिपी० ३ हजार ८ सय ९४ अर्ब डलर रहेको छ भने बेलायतको जिडिपी ३ हजार ६ सय ८७ अर्ब डलर रहेको छ । एक दशकअघिसम्म विश्वका ठूला अर्थतन्त्रको सूचीमा बेलायत पाँचौ नम्बरमा थियो भने भारत ११ औं स्थानमा थियो ।

कोरोनाभाइरसको महामारी कारण ठूला अर्थतन्त्रको वृद्धिदर सुस्त गतिमा भइरहेका बेला भारतको अर्थतन्त्र पछिल्लो चौमासिकमा १३.५ प्रतिशतले बढेको छ ।

अहिले विश्वको कूल जिडिपीमा भारतको हिस्सा ३.५ प्रतिशत छ । पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४.८ र जर्मनीको ४.१ प्रतिशत हिस्सा छ ।
आइएमएफको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा भारतीय अर्थतन्त्र ७ प्रतिशतभन्दा बढीले वृद्धि हुनेछ । कोरोना महामारी र रूस/युक्रेन युद्धका कारण संसारका अरू कुनै पनि ठूला अर्थतन्त्रले यति उच्च वृद्धिदर हासिल गर्ने देखिँदैन ।

लयमा रहेको भारतीय अर्थतन्त्रले अबको पाँच वर्षमा (सन् २०२७ सम्म) चौथौं स्थानमा रहेको जर्मनीलाई उछिन्ने प्रक्षेपण गरिएको छ।

सन् २०२९ सम्म जापानलाई पनि उछिनेर अमेरिका र चीनपछि भारत संसारको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने सम्भावना छ ।

अर्थतन्त्रको आकारमा उछिने पनि भारतको प्रतिव्यक्ति आय भने बेलायतको भन्दा निकै कम छ । अहिले भारतीयको प्रतिव्यक्ति आय २ हजार ५ सय डलर छ भने बेलायतीको प्रतिव्यक्ति आय ४७ हजार डलर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x