Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

भिसा द्वारा प्रदान गरिएको एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड बाट हिमालयन बैंक सम्मानित

भिसा द्वारा प्रदान गरिएको एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड बाट हिमालयन बैंक सम्मानित

काठमाडौं, १९ भदौ । विश्व प्रख्यात ब्राण्ड अमेरिकन एस्प्रेस,जेसिबी मास्र्टकार्ड, यूनीएन पे एवं भिसा स्विकार गर्ने बैंक हिमालयन बैंकले एक्सिलेन्स इन पिओएस अक्वाइरिङ विजनेश २०२२ अवार्ड प्राप्त गरेको छ ।

भिसा द्वारा आयोजित एक समारोहका बीच प्रमुख अतिथि डिपुटी गर्भनर डा. निलम ढुंगानाले बैंकलाई सो अवार्ड प्रदान गरेका थिए । बैंकले विगतका वर्षहरु देखिनै यो विधामा उक्त अवार्ड प्राप्त गर्दै आइरहेको छ ।

हिमालयन बैंक नेपालको एक मात्र बैंक हो जसले विश्वका विभिन्न प्रसिद्ध कार्डहरु आफ्नो नेटवर्कमा स्विकार गर्ने गर्दछ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु आफ्नो एटिएम, पिओएस तथा इ-कर्मस गेटवे मार्फत स्विकार गर्ने भएकोले स्वदेशी तथा विदेशी ग्राहकहरुलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हँुदै आइरहेको छ ।

बैंकले प्रदान गरेको विशिष्टिकृत सेवामा आवद्ध भई कार्ड अक्वाइरिङ विजनेश गरिरहेका मर्चेन्ट शुभेच्छुक एवं ग्राहकवर्गमा यो सम्मान समर्पित गर्दै यसै महिना भित्र डिनर्स र डिस्कोभर ब्राण्डको स्विकार्य थप गरिने व्यहोरा बैंकले जानकारी गराएको छ ।

हाल बैंकको १५३ वटा एटिएम, ५५०० भन्दा बढि पिओएस तथा करिब ७ सय इकमर्श मर्चेन्ट मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *