Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

एनआईसी एशिया बैंकको दशैं लगाएत पर्वको उपलक्ष्यमा मोबाइल बैंकिङ्ग एप बाट निःशुल्क आन्तरिक रेमिटेन्स योजना

एनआईसी एशिया बैंकको दशैं लगाएत पर्वको उपलक्ष्यमा मोबाइल बैंकिङ्ग एप बाट निःशुल्क आन्तरिक रेमिटेन्स योजना

काठमाडौं, १९ भदौ । एनआईसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोबाइल बैंक मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।


बैंकले यहि भदौ १५ देखि कात्र्तिक १५ सम्म लागू हुने गरी ल्याएको यस नयाँ योजनामा बैंकका ग्राहक एनआईसी एशिया मोबाइल बैंक प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्ने भएका छन् । सेल्फ हेल्प बैंकिङ्गको अवधारणा अनुरुप सो एप मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने छन् ।

यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एशिया मोबैंक बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एशिया मोबाइल बैंक भित्र रहेको आइरेमिट आइकनमा ट्याप गरेपश्चात् पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्ने बताइएको छ ।

दैनिक अधिकतम रु.२५ हजारसम्म रकम पठाउन सकिनेछ । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिने छ ।
बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *