Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

नेप्से परिसूचक ६.६८ अंकले बढ्यो

नेप्से परिसूचक ६.६८ अंकले बढ्यो

काठमाडौं, १९ भदौ । यस साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.३४ प्रतिशतले बढी हो ।


आइतबार २२७ कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।


ठुला कम्पनिको उपसूचक ०.५७ अंकले बढेर ३८३.७७ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.१५ प्रतिशतले घटेको हो ।


यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन ९ समूहको कारोबार बढेको र ४ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै विकास बैंक समूहका कम्पनीको कारोबार ५५.२४ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *