Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

७५ प्रतिशतले घट्यो घरजग्गाको राजस्व

७५ प्रतिशतले घट्यो घरजग्गाको राजस्व

काठमाडौं, २० भदौ । चालू आर्थिक वर्षको पहिलो महीना साउनमा घरजग्गा कारोबारबाट संकलन हुने राजस्व गत आर्थिक वर्षको सोही महीनाको तुलनामा ७५ प्रतिशतले घटेको छ ।
देशभरको घर जग्गाको कारोबारबाट २ अर्ब ७३ करोड ७२ लाख ४१ हजार ५७ रुपैयाँ बराबर मात्रै राजस्व संकलन भएको छ ।
उक्त महीनामा २० करोड १६ लाख ९७ हजार रुपैयाँ बराबरको सेवा कर संकलन भएको छ । पूँजीगत लाभकर भने ७४ करोड ७२ लाख ८३ हजार ६९२ रुपैयाँ बराबर मात्रै संकलन भएको छ ।

आव २०७८–७९ को पहिलो महीनामा ८ अर्ब १३ करोड ४१ लाख ६१ हजार ६९० बराबरको राजस्व संकलन भएको थियो । उक्त महीनामा ३८ करोड ९९ लाख ७३ हजार ४०३ रुपैयाँ बराबर सेवा शुल्क उठाइएको थियो भने २ अर्ब ४ करोड ६० लाख ६३ हजार ३११ रुपैयाँ बराबरको पूँजीगत लाभकर उठाइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x