देशभर १७ हजार २२३ किमी कालोपत्र सडक

काठमाडौं, २० भदौ । गत आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकभर १७ हजार २२३ किमी कालोपत्र सडक निर्माण भएको छ । सडक विभागले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै कालोपत्र भएको नयाँ सडक भने ६१८ किमी रहेको छ ।
यसैगरी विभाग अन्तर्गत नै बनेका ग्राभेल सडक ७ हजार ८८८ किमी र कच्ची सडक ८ हजार ८७६ किमी रहेको छ । विभाग अन्तर्गत निर्माण भएका कुल सडक ३३ हजार ९९६ किमी रहेको छ ।