२० अर्ब रुपैयाँको चुक्ता पुँजी भएको नेपाल पुर्वाधार बैंक ६ महिनामा संचालनमा आउने

काठमाडौं, ८ जेठ । नेपाल पुर्वाधार बैंक संचालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले पुर्वाधार बैंक संचालनको लागि अन्तिम स्विकृती दिएको छ । संचालनको अन्तिम स्विकृती पाएसंगै आगामी ६ महिनामा पुर्वाधार बैंक संचालनमा आउने भएको छ ।
नेपाल पुर्वाधार बैंकको संस्थापकमा वाणिज्य बैंकहरु, वीमा कम्पनीहरु र निजी क्षेत्र रहेका छन् । यस्तै बैंकमा १० प्रतिशत लगानी नेपाल सरकारको रहने छ भने ५० प्रतिशत संस्थापकहरुको र ४० प्रतिशत सर्वसाधारणहरु लगानी रहने छ । बैंकको कुल चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ ।
मुलुकको पुर्वाधार क्षेत्रको विकासका लागि नेपाल पुर्वाधार बैंकले कर्जा लगानी गर्ने छ । यस्तै पुर्वाधार क्षेत्रमा काम गर्ने कम्पनीहरुका लागि उपकरणहरु ल्याउन समेत बैंकले कर्जा लगानीका साथै प्रतिपपत्र खोलि दिने जनाइएको छ ।