Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

भोलिदेखि आठौं फर्निचर एक्स्पो ‘फर्नेक्स नेपाल २०२२’ आयोजना हुँदै

भोलिदेखि आठौं फर्निचर एक्स्पो ‘फर्नेक्स नेपाल २०२२’ आयोजना हुँदै


काठमाडौं, २२ भदौ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघले भोलि बिहीबार २३ गते देखि २७ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आठौं फर्निचर तथा फर्निसिङ्ग एक्स्पो फर्नेक्स नेपाल २०२२ आयोजना गर्ने भएको छ ।


फर्निचर तथा फर्निसिङ्ग वस्तुहरुको प्रर्वद्धन गर्न आठौं संस्करणको मेला फर्नेक्स नेपाल २०२२ आयोजना गर्न लागेको संघका अध्यक्ष सुरेन्द्र प्रधानले बताए । यस एक्स्पोका शिर्ष प्रायोजक प्रेष्टिज कार्पेट र मुख्य प्रायोजकमा हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेस प्रा.लि रहेका छन । साथै, डिजिटल पेमेन्ट पार्टनरमा डिजि पे र सहयोगीमा स्पेस म्यागेजीन नेपाल हस्तकला महासंघ लगाएत रहेको बताइएको छ ।


बदलिदो आधनिक जीवन शैली सँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने विश्वास सघंले गरको छ । उक्त मागको करिब ६० प्रतिशत बजार हिस्सा ओगटन सफल नेपाली फर्निचर तथा फनिसिङ्ग उद्योग आला विस्तार गर्न राम्रो वातावरणको पर्खाइमा रहेको छ । यस प्रकारको मेलाले स्वदेशी उत्पादनको प्रवद्धनमा टेवा पुग्नेछ ।


मेलामा किचन, बेडरूम,बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डकार, भारत फनिचर। हस्पिटल फर्निचर होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदशनाका आकर्षण रहने बताइएको छ ।


प्रदर्शनीमा फर्निचर फर्निसिङ्गका नविनतम सामाग्रीका प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने यसका अलावा फर्निचर फर्निसिङ्ग व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचर जन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।


एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क छ भने प्रत्येक दिन डोर प्राइजका साथै दशैं विशेष छुटको व्यवस्था गरिएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी फर्निचर र फर्निसिङ्ग सामग्रीका स्टल रहनेछन् । उक्त अवधिमा १ लाख अवोलकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
संघले सन् २०१२ देखि राजधानीको भृकुटीमण्डपमा फर्निचर तथा फनिसिङ्ग सामाग्रीहरुको बृहत मेला “फर्नेक्स नेपाल” संचालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x